परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा पुगे, जयशङ्कर सँग द्विपक्षीय वार्ता हुने !

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा पुगे, जयशङ्कर सँग द्विपक्षीय वार्ता हुने !

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । मन्त्री खनाल २२ देखि २४ जेठसम्म भारतमा रहनेछन् ।

नयाँ दिल्ली विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क (नेपाल–भुटान) हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गरेका थिए ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भ्रमणका क्रममा देशको प्राथमिकताबारे महत्वपूर्ण संवाद हुने बताएका थिए ।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री डा. एस. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त बैठकमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र तथा जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत विचार–विमर्श हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणले नेपाल–भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

मन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP