‘अनुभव र प्रतिबद्धता’ लिएर अध्यक्षमा मेघनाथ भुर्तेलको उम्मेदवारी

‘अनुभव र प्रतिबद्धता’ लिएर अध्यक्षमा मेघनाथ भुर्तेलको उम्मेदवारी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वका लागि पूर्व महासचिव मेघनाथ भुर्तेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय भुर्तेलले अनुभव र प्रतिबद्धतालाई मुख्य आधार बनाउँदै संघको नेतृत्व सम्हाल्ने तयारी गरेका हुन्।

दुई दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगार व्यवसायमा संलग्न भुर्तेल संघका पूर्व महासचिव समेत हुन्। महासचिवको जिम्मेवारीमा रहँदा उनले व्यवसायीहरूको हकहित, संस्थागत सुधार र पेशागत एकताका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यवसायीहरू बताउँछन्।

उनको उम्मेदवारी घोषणासँगै वैदेशिक रोजगार व्यवसायीहरूबीच नयाँ उत्साह थपिएको चर्चा छ। व्यवसायीहरूको भावना बुझ्ने, श्रमिकका समस्या समाधानमा चासो दिने तथा राज्यसँग समन्वय गरी क्षेत्रको सुधारका लागि काम गर्ने व्यक्तिका रूपमा भुर्तेल स्थापित रहेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायी, श्रमिक र राज्यबीच सन्तुलित सम्बन्ध कायम गर्दै वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र व्यवसायमैत्री बनाउन आफू प्रतिबद्ध रहेको भुर्तेलले बताएका छन्। संघलाई थप प्रभावकारी, उत्तरदायी र व्यवसायीहरूको साझा संस्थाका रूपमा विकास गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहने उनको भनाइ छ।

संघभित्र पछिल्लो समय देखिएको असन्तुष्टि र नेतृत्व संकटका बीच भुर्तेललाई अनुभवी तथा सक्षम उम्मेदवारका रूपमा हेरिएको छ। व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बेला उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा लिइएको व्यवसायीहरूको प्रतिक्रिया छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी जेठ २४ गते हुँदैछ। निवर्तमान कार्यसमितिभित्र उत्पन्न विवाद र असहमतिका कारण कार्यकाल समाप्त हुनुअघि नै विशेष साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

आगामी निर्वाचनलाई संघको भावी दिशा निर्धारण गर्ने अवसरका रूपमा हेरिएको छ। यसबीच अध्यक्ष पदमा मेघनाथ भुर्तेलको उम्मेदवारीले चुनावी सरगर्मी बढाएको छ भने व्यवसायीहरूबीच नेतृत्वबारे बहससमेत तीव्र बनेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
13 घण्टा अगाडि

प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलको निरन्तर अवरोधका कारण ...

छुटाउनुभयो कि ?

TOP