गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन | रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुन: सुरुभएको छ ।    
    
 बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो ।    
    
 महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ ।    
    
 ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कूल रु ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो ।    
    
 धुर्मस-सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
7 घण्टा अगाडि

भक्तपुर । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा भीषण आगलागी हुँदा ठ ...

छुटाउनुभयो कि ?

TOP