काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको माहोल तातिएको छ। संघका निर्वाचित पदाधिकारीमध्ये दुई तिहाइभन्दा बढीले सामूहिक राजीनामा दिएपछि उत्पन्न विवादलाई निकास दिन आगामी जेठ २४ गते विशेष साधारण सभा तथा निर्वाचन गर्ने तयारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि संघको विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको रोहवरमा गठन गरिएको प्रबन्ध समिति ले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। विधानले दिएको २१ दिनको अधिकार प्रयोग गर्दै प्रबन्ध समितिले निर्वाचन प्रक्रिया अगाडि बढाएको हो।
निर्वाचन तयारीबारे जानकारी दिन बुधबार संघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रबन्ध संयोजक राजेन्द्र भण्डारीले संघभित्रको लामो विवाद अन्त्य गर्दै नयाँ नेतृत्व चयनका लागि सबै व्यवसायीलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे। उनले निर्वाचनलाई संघको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।
पत्रकार सम्मेलनमा भण्डारीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरिने स्पष्ट पार्दै कुनै पनि बहानामा प्रक्रिया नरोकिने बताए। उनले संघलाई निकास दिन सरोकारवाला पक्षबीच निरन्तर संवाद भइरहेको जानकारी पनि दिए।
संघका अध्यक्ष भुवनसिंह गुरुङको कार्यकालमा पदाधिकारीहरूबीचको मतभेद चर्किंदै जाँदा संघभित्रको विवाद उत्कर्षमा पुगेको थियो। त्यसपछि अधिकांश पदाधिकारीले सामूहिक राजीनामा दिएसँगै संघ नेतृत्वविहीनजस्तै अवस्थामा पुगेको थियो।
यसैबीच मंगलबार प्रबन्ध समितिका प्रतिनिधिसहित करिब ६० जना व्यवसायीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग भेटवार्ता गरी संघको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र व्यवसायीहरूको चासोबारे छलफल गरेका थिए।
वर्षौंदेखि वैदेशिक रोजगार क्षेत्रको छाता संगठनको रूपमा रहेको संघमा हुन लागेको निर्वाचनलाई व्यवसायीहरूले नेतृत्व संकट समाधान गर्ने निर्णायक अवसरका रूपमा लिएका छन्। निर्वाचनसँगै संघले नयाँ नेतृत्व पाउने र लामो समयदेखिको आन्तरिक विवाद अन्त्य हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई आफूले कुनै पनि अवस्थामा बय ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!