बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गर्न लागेको छ। सरकार गठन भएको असार २० गते शनिबार १०० दिन पुग्ने भएकाले सोही दिन सरकारले आफ्नो १०० दिने कार्यप्रगति तथा उपलब्धिहरू औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यस अवधिमा गरेका मुख्य कामहरूलाई उपलब्धिका रूपमा प्रस्तुत गर्ने जनाएको छ। तीमध्ये सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेज, कर्मचारीका विभिन्न सुविधा कटौती, साथै सुशासन, पारदर्शिता र प्रशासनिक सुधारसँग सम्बन्धित निर्णयहरूलाई विशेष रूपमा समेटिने बताइएको छ। शनिबार सार्वजनिक गरिने प्रतिवेदनमार्फत सरकारले १०० दिनमा हासिल भएका उपलब्धि, कार्यान्वयन भएका निर्णय तथा आगामी प्राथमिकताबारे पनि जानकारी दिने अपेक्षा गरिएको छ। अब हेर्न बाँकी छ-सरकारले सार्वजनिक गर्ने यी उपलब्धिलाई जनताले कत्तिको प्रभावकारी र सन्तोषजनक रूपमा मूल्याङ्कन गर्छन्। यस्ता ताजा समाचारका लागि हाम्रो पेजलाई फलो गर्न नबिर्सनुहोस्।
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलोपुल नजिक हिजो राति भएको भीषण आगलागीबाट क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!