भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच औपचारिक भेट

भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच औपचारिक भेट

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बीच औपचारिक भेट भएको छ।

भेटको तस्बिर प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै दुवै पक्षबीच आपसी सहकार्य र सम्बन्ध विस्तारबारे सकारात्मक छलफल भएको संकेत गरेका छन्।

मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटपछि कूटनीतिक वृत्तमा यसलाई नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने राजनीतिक संवादको रूपमा हेरिएको छ। साथै, आगामी दिनमा द्विपक्षीय सहकार्यका नयाँ सम्भावनाबारे पनि चासो बढेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकप २०२६ पछि राष्ट्रिय टोलीबाट बिदा हुँदै फुटबलका सुपरस्टार रोनाल्डो
3 हप्ता अगाडि

काठमाडौं। विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सन् २ ...

छुटाउनुभयो कि ?

TOP