काठमाडौं । सरकारले स्थल सीमा नाकाबाट आवतजावत गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको मूल्य सीमा बढाएको छ ।
अर्थ मन्त्रालयले यात्रुले आफ्नो साथमा ल्याउने तथा लैजाने वस्तुसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघि १ सय रुपैयाँसम्म रहेको भन्सार छुटको सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार अब स्थलमार्गबाट सीमा ओहोरदोहोर गर्ने व्यक्तिले ५ सय रुपैयाँसम्मका निजी प्रयोगका सामान साथमा ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् ।
यसअघि १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने व्यवस्था थियो । नयाँ व्यवस्थासँगै सीमावर्ती क्षेत्रका नागरिक र नियमित रूपमा आवतजावत गर्ने यात्रुलाई केही सहज हुने अपेक्षा गरिएको छ ।
यद्यपि स्थलमार्ग प्रयोग गर्ने यात्रुलाई हवाईमार्गबाट यात्रा गर्ने यात्रुसरहको भन्सार सुविधा भने अझै उपलब्ध गराइएको छैन । सरकारले निजी प्रयोगका साना वस्तुमा मात्र छुटको दायरा विस्तार गरेको स्पष्ट गरेको छ ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!