बुटवल। लुम्बिनी प्रदेश सरकारमा राजनीतिक हलचल बढेको छ। सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेपछि प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारु मगर तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी ले पदबाट बाहिरिने निर्णय गरेका हुन्। उनीहरूले आफ्नो निर्णयबारे मुख्यमन्त्रीलाई मौखिक जानकारी गराइसकेको र चाँडै लिखित राजीनामा बुझाउने तयारी रहेको बताइएको छ।
चार मन्त्रीको बहिर्गमनसँगै लुम्बिनी प्रदेश सरकारको भविष्य, बहुमतको अवस्था र नयाँ राजनीतिक समीकरणबारे चर्चा तीव्र बनेको छ। एमालेको यो कदमले प्रदेश सरकारभित्र नयाँ राजनीतिक तरंग पैदा गरेको छ भने मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना पनि बढेको छ।
मन्त्रीहरूको राजीनामाको आधिकारिक कारण सार्वजनिक नभए पनि पछिल्लो राजनीतिक घटनाक्रम र दलगत रणनीतिसँग यसको सम्बन्ध रहेको अनुमान गरिएको छ।
एमालेका चार मन्त्री सरकारबाट बाहिरिने तयारीमा रहेसँगै लुम्बिनी प्रदेशको राजनीति नयाँ मोडमा पुगेको छ। अब मुख्यमन्त्रीले उत्पन्न परिस्थितिलाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!