चितवन । गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।
घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर नर्फिएपछि आज खोजी गर्दा राप्ती नदीकिनारमा मृतावस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको खुट्टा गोहीले खाएको जस्तो देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संवाददाता
- २०८३-०२-१९
3 हप्ता अगाडि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुत्ता, पाइन्ट, साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको क
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!