जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक तरंगले देशको समग्र राजनीति मात्र होइन, नेकपा एमालेको आन्तरिक संरचनालाई समेत गम्भीर दबाबमा राख्यो। नेतृत्व मौन जस्तै देखिएको, कार्यकर्तामा अन्योल फैलिएको र पार्टीको भावी दिशा प्रश्नको घेरामा परेको त्यो समय सामान्य थिएन। ठीक त्यही संकटको घडीमा, जोखिम उठाएर अगाडि सरेका नेता हुन्— महेश बस्नेत।
जब अधिकांश नेताहरू बोल्न हिच्किचाइरहेका थिए, महेश बस्नेतले अग्रमोर्चा सम्हाले। चौतर्फी घेराबन्दीमा परेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक, संगठनात्मक र मनोवैज्ञानिक रूपमा ढाल बनेर साथ दिए। नेतृत्वलाई जोगाउनु मात्र होइन, आम कार्यकर्तामा भरोसा र आत्मविश्वास पुनःस्थापित गर्नु त्यो समयको सबैभन्दा ठूलो आवश्यकता थियो— जुन जिम्मेवारी उनले निर्वाह गरे।
प्रतिकूल परिस्थितिमा युवालाई एकजुट गर्नु सजिलो काम होइन। तर महेश बस्नेतले जेन–जीको असन्तोषलाई चुनौतीको रूपमा होइन, संवाद र नेतृत्वको अवसरका रूपमा लिए। फरक विचारलाई लोकतान्त्रिक रूपमा सम्मान गर्दै संगठनभित्र समेट्ने प्रयास गरे। यही समावेशी दृष्टिकोणका कारण पार्टीभित्र पुनः ऊर्जा सञ्चार भयो र कार्यकर्ता पङ्क्ति सक्रिय बन्न पुग्यो।
यही पृष्ठभूमिमा सम्पन्न भएको नेकपा एमालेको ११औँ महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र रहेन, पार्टी पुनर्जागरणको सन्देश बन्यो। महाधिवेशनलाई हर्षोल्लासका साथ सम्पन्न गराउने संगठनात्मक कार्यभारमा महेश बस्नेत अग्रपंक्तिमा देखिए। निर्वाचन प्यानल निर्माणदेखि चुनावी मैदानसम्म उनले बोलेका हरेक शब्द र देखाएका हरेक कदमले कार्यकर्तालाई स्पष्ट दिशा दियो।
परिणामले त्यसको पुष्टि गर्यो। अध्यक्षमा केपी शर्मा ओलीको भारी मतसहितको जित र स्वयं महेश बस्नेतको सचिव पदमा अत्यधिक लोकप्रिय मतसहितको विजय संयोग होइन, त्यो संगठनभित्र स्थापित भरोसाको प्रतिफल हो। देशी तथा विदेशी दबाबलाई निस्तेज गर्दै आएको यो परिणामले एमालेभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा समेत सन्देश दिएको छ।
आज महेश बस्नेत केवल एक पदाधिकारी मात्र होइनन्— उनी संकटको घडीमा अगाडि सरेर पार्टीलाई दिशा दिने ‘गेम चेन्जर’ नेताका रूपमा स्थापित भएका छन्। उनको हिम्मत, आँट र ऊर्जाले पार्टीका आम कार्यकर्तामा नयाँ जोश जागर भरेको छ। अब चुनौती स्पष्ट छ— जेन–जीले उठाएका जायज मागहरूलाई सुन्ने, सम्बोधन गर्ने र राष्ट्रलाई छलाङ मार्न सक्ने नेतृत्व दिनु।
महेश बस्नेतले लिएको लक्ष्य शिखर चुमोस्, पार्टी एकताबद्ध रहोस् र लोकतान्त्रिक अभ्यास सुदृढ हुँदै जाओस्— यही अपेक्षा आजको एमालेको मूल सन्देश हो।
काठमाडौँ,माघ २ — नेपाली कांग्रेस कुनै समय विचार, त्याग र संघर्षको प्रतीक थियो। तर शेरबहादुर दे ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!