काठमाडौँ,,माघ ३— नेपालको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक कलह, विवाद र नेतृत्व संघर्षबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलले दिएको कडा अभिव्यक्तिले राजनीतिक वृत्त मात्रै होइन, सिंगो देशको ध्यान तानेको छ।
भुर्तेलले निर्वाचन आयोग, नेपालले प्रचलित कानुनअनुसार नेपाली कांग्रेसभित्रको विवाद निरूपण गरिसकेको उल्लेख गर्दै अब उप्रान्त थप गल्ती नदोहोर्याउन सबै जिम्मेवार नेता तथा कार्यकर्तालाई विनम्र तर दृढ आग्रह गरेका छन्। उनका अनुसार जनताले कांग्रेसको शासन, आसन र भाषण अस्वीकार गरिसकेको स्पष्ट संकेत भाद्र २३ र २४ गते देखिएको ‘जेन–जी आन्दोलन २०८२’ हो।
उनले पार्टीभित्र विगत दुई दशकदेखि गगन थापाको नेतृत्वमा विधि, पद्धति, सुशासन, पुस्तान्तरण र नेतृत्व हस्तान्तरणका लागि शान्तिपूर्ण वैचारिक आन्दोलन चल्दै आएको स्मरण गराउँदै भनेका छन्, “अति भए खति हुन्छ भन्ने उखानझैँ, सुधारको कुनै संकेत नदेखिँदा पार्टीलाई करिब ३–४ दशकसम्म निजी कम्पनीझैँ एकलौटी रूपमा सञ्चालन गरियो, जसको परिणामस्वरूप कांग्रेसको साख गम्भीर रूपमा ध्वस्त भयो।”
भुर्तेलको आरोप अझ कडा छ। उनका अनुसार मुलुकका सरकारी तथा सार्वजनिक संघसंस्था, सार्वजनिक जग्गा र सम्पत्तिमा कब्जा, राज्यकोषको चरम दुरुपयोग र राजनीतिकरण हुँदा राज्य संयन्त्र नै कमजोर बनाइयो। यही कारण कांग्रेसले जनमत र नैतिकता दुवै गुमाएको उनको ठहर छ।
उनले विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन भई गगन कुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको र त्यसलाई निर्वाचन आयोगले समेत सदर गरिसकेको दाबी गर्दै पुरानै लेटरप्याड प्रयोग गरी सूचना जारी गर्नु प्रचलित कानुनविपरीत भएको बताएका छन्।
“अब थप गल्ती नगर्नुहोस्,” भुर्तेलको सन्देश स्पष्ट छ, “विधि र पद्धतिबाट स्थापित अग्रगामी कदमलाई सहर्ष स्वीकार गर्दै गगन थापाको नेतृत्वमा सबै एकजुट हुनु आजको आवश्यकता हो।”
उनले चारतारे झण्डा र चुनाव चिह्न ‘रूख’ बोकेको, त्याग–तपस्या–योगदान र लगानी गरिएको नेपाली कांग्रेस पार्टीलाई बचाउने एकमात्र उपाय नयाँ नेतृत्वलाई स्वीकार गर्नु नै भएको बताए।
भुर्तेलको भनाइ अनुसार —“यसैमा देश, पार्टी, जनता र समाजको समग्र हित सुनिश्चित हुनेछ।”उनको यो भनाइलाई धेरैले कांग्रेसभित्रको शक्ति संघर्षको निर्णायक मोड र देशको राजनीतिलाई हल्लाउने वक्तव्यका रूपमा हेरेका छन्।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया