काठमाडौं पुस १३ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव जारी रहँदा आज (आइतबार) तराई भूभागमा हुस्सु/कुहिरोले जनजीवनमा असर पार्ने देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। यसले सडक तथा हवाई यातायातमा समस्या निम्त्याउन सक्छ भने स्वास्थ्यमा पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराई भूभागमा हुस्सु रहने अनुमान गरिएको छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने भए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
माहाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा ध्यान दिन आग्रह गरेको छ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया