ललितपुर ।आजको नेपाल राजनीतिक पुनर्जागरणको मोडमा उभिएको छ, जुन राजनितीको नाममा समाजमा जहाँ राजनीति सेवा होइन प्रदर्शन बन्दै गएको छ, विचार होइन भाइरलपन बिकिरहेको छ र जिम्मेवारी होइन भीडको तालीलाई सफलता ठानिँदैछ। परिवर्तनको नाममा जेन्जी (Generation Z) भाष्य फैलाइँदैछ, त्यसले चेतनाको विकास भन्दा भ्रमको खेती बढी गरिरहेको यथार्थलाई अब आम जनताले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने बेला आएको छ। राजनीति ट्रेन्ड होइन, राज्य सञ्चालन हो । राजनीति रील होइन, राष्ट्रको रियल भविष्य हो। यही आधारमा आज प्रश्न उठेको छ देशलाई प्रयोगशाला बनाइरहने कि अब अनुभवी, सिद्धान्तनिष्ठ र राष्ट्रकेन्द्रित नेतृत्वलाई जिम्मा दिने ? उत्तर स्पष्ट छ ।अबको निर्वाचनबाट नेकपा एमाले नै देशको राष्ट्रिय निर्णायक शक्ति बन्नुपर्छ।
आज केही पात्र र प्रवृत्तिहरू सामाजिक सञ्जालको भाइरल लोकप्रियतालाई नै राजनीतिक योग्यता ठान्दै उदाएका छन्। भाषणमा उत्तेजना, शब्दमा आक्रोश र प्रस्तुतीकरणमा नाटकीयता देखाएर जनतालाई भावनात्मक रूपमा बहकाउने प्रयास भइरहेको छ। तर इतिहासले सधैँ के प्रमाणित गरेको छ भने ,भीडले बनाएका नायक क्षणिक हुन्छन्, तर राष्ट्र बनाउने नेतृत्व दीर्घकालीन दृष्टि, अध्ययन र कठिन निर्णय गर्ने साहसबाट जन्मिन्छ। पानी जस्तै देखिने नेतृत्व बाहिर चम्किलो, भित्र दिशाहीन अन्ततः बगेर हराउँछ । तर चट्टानजस्तै नेतृत्व आधार मजबुत, उद्देश्य स्पष्ट ।समयको आँधीमा पनि अडिग रहन्छ। आज जनतालाई यही चट्टान जस्तो नेतृत्व चाहिएको छ, र त्यो नेतृत्व नेकपा एमालेसँग मात्र छ।
एक पटक आम जनताले छातीमा हात राखेर इमानदारीपूर्वक सोचौँ ।देशका लागि कसले के गर्यो ? नाराको हिसाब होइन, कामको सूची हेरौँ। बाटो, पुल, ऊर्जा, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना, संघीय संरचनाको संस्थागत अभ्यास ,यी सबै क्षेत्रको जग कसले बसाल्यो ? उत्तर स्पस्ट छ ,नेकपा एमालेले। विशेषतः केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय स्वाधीनता, आत्मसम्मान र सन्तुलित कूटनीतिलाई केन्द्रमा राखेर देश सञ्चालन गर्ने साहसिक प्रयासहरू भए। न त बाह्य दबाबमा झुक्यो न त राष्ट्रिय हितमाथि सम्झौता गर्यो । कतिपयलाई त्यो अडान ‘कडा’ लाग्यो होला, तर राष्ट्रप्रेम सधैँ सजिलो हुँदैन त्यो कहिलेकाहीँ अप्रिय पनि हुन्छ, तर इतिहासले त्यही अडानलाई सही ठहर गर्छ।
आज देशले भोगिरहेको राजनीतिक अन्योल, सरकार परिवर्तनको खेल, अवसरवादी गठबन्धन र नीति–विहीन सत्ता–संघर्षले जनतालाई थकित बनाइसकेको छ। जनताले प्रयोग सहिसके ।नयाँको नाममा अपरिपक्वता, परिवर्तनको नाममा अस्थिरता, र आशाको नाममा निराशा। अब देशलाई थप प्रयोग चाहिँदैन, अब देशलाई जिम्मेवार हात चाहिन्छ। एमाले त्यो जिम्मेवार शक्ति हो, जसले गल्तीबाट सिक्ने क्षमता पनि राख्छ र उपलब्धिलाई संस्थागत गर्ने अनुभव पनि।
आज आवश्यक छ ।भ्रमबाट बाहिर निस्कने साहस। भाइरलबाट बनेको छवि होइन, राष्ट्रहितमा खारिएको नेतृत्व छान्ने विवेक। राजनीति मनोरञ्जन होइन, त्यसको मूल्य देशले दशकौँसम्म तिर्नुपर्छ। त्यसैले जनताले भावनामा होइन, विवेकमा मतदान गर्नुपर्छ। आक्रोशमा होइन, अनुभवमा भरोसा गर्नुपर्छ। एमालेको संगठनात्मक शक्ति, वैचारिक स्पष्टता र राष्ट्रप्रतिको प्रतिबद्धता कुनै एक चुनावका लागि बनाइएको होइन।यो दशकौँको संघर्षबाट बनेको सम्पत्ति हो।
आज जब लोकतन्त्रलाई नै कमजोर बनाउने भाष्यहरू फैलाइँदैछन्, पुराना माथि अविश्वास रोपिँदैछ र राज्यको निरन्तरतामाथि प्रश्न उठाइँदैछ, त्यही बेला एमाले संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षकको रूपमा उभिएको छ। एमालेको विजय कुनै दलको विजय मात्र होइन यो प्रणालीको स्थिरता, विकासको निरन्तरता र राष्ट्रको आत्मसम्मानको विजय हो।
त्यसैले अब समय आएको छ ।पहिला देश माया गरेर सोच्ने। आफ्नो असन्तुष्टि, आक्रोश र क्षणिक भावनाभन्दा माथि उठेर राष्ट्रको दीर्घकालीन हित हेर्ने। यही सोचबाट निस्कने निष्कर्ष एउटै हुन्छ ।अबको निर्वाचनबाट नेकपा एमाले नै राष्ट्रिय निर्णायक शक्ति बन्नुपर्छ। यो आग्रह होइन, यो आवश्यकता हो। यो दलगत चाहना होइन, यो राष्ट्रको माग हो।अब देशलाई थप प्रयोगशाला बनाउने छुट कसैलाई छैन। भावनात्मक नारा, आक्रोशको अभिनय र ‘नयाँपन’ को आवरणमा प्रस्तुत अपरिपक्व नेतृत्वले राज्यको गम्भीरता बुझ्न सक्दैन भन्ने कुरा अनुभवले प्रमाणित गरिसकेको छ। देश चलाउने कुरा मञ्चको तालीले होइन, नीतिको निरन्तरताले हुन्छ। राज्य निर्माण भाइरल भिडियोले होइन, दीर्घकालीन योजनाले हुन्छ। त्यसैले अब जनताले स्पष्ट बुज्नु पर्छ राजनीति खेल होइन, राष्ट्र जिम्मेवारी हो। जेन्जीको नाममा फैलाइएको अराजक चेतना, पार्टी माथिको अविश्वास र इतिहासप्रतिको घृणालाई यहीं रोक्नुपर्छ। यो रोक्ने शक्ति कुनै क्षणिक लोकप्रिय समूहसँग छैन ।यो शक्ति केवल त्यही दलसँग छ, जसले आन्दोलनदेखि संविधानसम्मको यात्रा गरेको नेकपा एमालेसँग।
अबको निर्वाचन कुनै साधारण प्रतिस्पर्धा होइन, यो सही र गलतबीचको छनोट हो। स्थिरता र अस्थिरता, अनुभव र अपरिपक्वता, राष्ट्रहित र व्यक्तिगत महत्त्वाकांक्षाबीचको फैसला हो। यदि देशलाई बलियो राज्य चाहिएको हो भने, स्पष्ट नीति चाहिएको हो भने, आत्मसम्मानसहितको नेतृत्व चाहिएको हो भने अबको निर्वाचनबाट नेकपा एमाले नै राष्ट्रिय निर्णायक शक्ति बन्नुपर्छ। यो भावना होइन, विवेकको आवाज हो ।यो दलप्रतिको पक्षधरता होइन, देशप्रतिको कर्तव्य हो। अब ढिलाइ होइन, निर्णय गरौँ।राष्ट्रको पक्षमा, स्थिरताको पक्षमा, नेकपा एमालेको पक्षमा।
बैदेशिक रोजगारीमा कमै चर्चा हुने बिषय मध्येको एउटा हो बैदेशिक रोजगारीमा रहेकाहरुको स्वास्थ्य अवस्था ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!