काठमाडौँ ,पुस १३-फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज तीनवटा राजनीतिक दलले समानुपातिक (पीआर) तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ११० जनाको उम्मेदवार नामावली बुझाएको छ। यससँगै राष्ट्रिय जनमोर्चा पार्टी र नेपाल लोकतान्त्रिक पार्टीले पनि समानुपातिक उम्मेदवारको सूची आयोगमा पेस गरेका हुन्।
निर्वाचन आयोगका प्रवक्ता यज्ञ प्रसाद भट्टराईका अनुसार दलहरूले बुझाएका उम्मेदवारहरूको नामावली हाल भेरिफिकेसन प्रक्रियामा रहेको छ। आयोगले समानुपातिक बन्दसूची बुझाउने समयसीमा पुस १३ र १४ गते तोकेको छ।
अन्य राजनीतिक दलहरू भने समानुपातिक सूची टुंगो लगाउन आन्तरिक छलफलमा जुटिरहेका छन्। आयोगका अनुसार भोलि (पुस १४ गते) समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन हो।
आज बेलुका ४ बजे नेपाल मजदुर किसान पार्टीले सूची बुझाउँदै समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने पहिलो दल बनेको छ।
सर्लाही ,माघ १३-सर्लाही क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनप्रत ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!