काठमाडौं,पुस १३ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार कुल मतदाता संख्या १ करोड ८९ लाख ३६ हजार ६ सय ८९ पुगेको छ।
अन्तिम नामावलीअनुसार पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३ सय ५८ रहेको छ भने महिला मतदाताको संख्या ९२ लाख ४० हजार १ सय ३१ रहेको छ। यससँगै अन्य वर्गका मतदाताको संख्या २०० रहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले मतदाता नामावली अपडेटपछि निर्वाचन प्रक्रिया अझ पारदर्शी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। यस वर्षको मतदाता नामावलीमा अघिल्लो निर्वाचनको तुलनामा ९ लाख १५ हजार १ सय १९ जना नयाँ मतदाता थपिएका छन्।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया