काठमाडौँका संघ–संस्थामाथि प्रशासनको निगरानी कडाइ

काठमाडौँका संघ–संस्थामाथि प्रशासनको निगरानी कडाइ

काठमाडौँ, मंसिर १० — दर्ता भई काठमाडौँमा क्रियाशील रहेका विभिन्न संघ–संस्थामाथि निगरानी कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिल्ला दिनमा केही संस्थाले मापदण्ड विपरीत गतिविधि गरेको, कार्यसमितिमा मनोनयनका नाममा अनियमितता बढेको र आर्थिक पारदर्शितामा समस्या देखिएकोबारे कार्यालयमा लगातार उजुरी परेको प्रशासनले जनाएको छ।

उजुरीहरूका आधारमा कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित संस्थाले आफ्नो गतिविधिसम्बन्धी स्पष्टीकरण र विस्तृत प्रतिवेदन अनिवार्य रूपमा पेश गर्नुपर्ने निर्देश दिएको छ। तोकिएको समयभित्र प्रतिवेदन नआए कानुनअनुसार आवश्यक निर्णय लिइने चेतावनीसमेत कार्यालयले दिएको छ।

त्यससँगै अन्य दर्ता भएका संघ–संस्थालाई पनि नवीकरण, विवरण अद्यावधिक र नियमित कागजी प्रक्रिया समयमै पूरा गर्न प्रशासनले आग्रह गरेको छ। जारी सूचनामा सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ताको हस्ताक्षर गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP