प्यालेस्टाइन ,बेथलेहेम — येशू ख्रिस्टको जन्मस्थल मानिने ऐतिहासिक म्यांजर स्क्वायरमा यस वर्ष क्रिसमस इभको अवसरमा वार्षिक क्रिसमस ट्री बत्ती बाल्ने समारोह आयोजना गरिएको छ। वरपरका सहर र गाउँबाट हजारौँ मानिस सहभागी भए पनि अन्तर्राष्ट्रिय पर्यटक र क्रिश्चियन तीर्थयात्री भने निकै कम देखिए।
सामान्यतया उत्साह, उल्लास र पर्यटकको भीडले भरिने यो समारोह सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको गाजा युद्धयता पहिलोपटक आयोजना गरिएको हो। युद्ध चर्किएसँगै चर्च नेतृत्वले सार्वजनिक क्रिसमस उत्सवहरू रद्द गरेका थिए, जसका कारण बेथलेहेम लामो समयसम्म सुनसान बनेको थियो।
पछिल्ला दुई वर्षदेखि अन्तर्राष्ट्रिय पर्यटक र तीर्थयात्रीहरू बेथलेहेम आउनबाट टाढा रहँदै आएका छन्। यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्रमा परेको छ। होटल, रेस्टुरेन्ट, हस्तकला र स्मारिका व्यवसाय ठप्पजस्तै भएका छन्।
बेथलेहेमका मेयर माहेर क्यानावातीका अनुसार हालै ट्रम्प प्रशासनको मध्यस्थतामा भएको युद्धविरामले यस वर्ष कम्तीमा धार्मिक वातावरण फर्काउने आशा जगाएको छ। यही आशाका साथ नगरपालिकाले क्रिसमस समारोह पुनः आयोजना गर्ने निर्णय गरेको हो।
“बेथलेहेम पर्यटनमै बाँच्ने सहर हो,” मेयर क्यानावातीले भने, “तीर्थयात्रीहरू यहाँ बस्छन्, होटलमा रात बिताउँछन्, रेस्टुरेन्टमा खान्छन् र यहाँ उत्पादन गरिएका स्मारिकाहरू किन्छन्। तर पछिल्ला दुई वर्षदेखि पर्यटन पूर्ण रूपमा ठप्प भएको छ।”
यस वर्षको समारोहले स्थानीय बासिन्दामा केही आशा जगाए पनि पर्यटकको उल्लेखनीय पुनरागमन अझै हुन सकेको छैन। सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य नहुँदासम्म बेथलेहेमको पर्यटन क्षेत्र पुनर्जीवित हुन समय लाग्ने स्थानीय व्यवसायीहरूको भनाइ छ।
तर पनि, युद्ध र अनिश्चितताबीच बेथलेहेममा क्रिसमसको बत्ती बालिनु शान्ति, आशा र पुनरागमनको सन्देशका रूपमा हेरिएको छ।
काठमाडौँ, माघ-८ पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!