कलंकी मालपोत कार्यालय, फाइल जले पनि अनलाइन अभिलेख सुरक्षित

कलंकी मालपोत कार्यालय, फाइल जले पनि अनलाइन अभिलेख सुरक्षित

काठमाडौँ, कलंकी ११ —जेनजी आन्दोलनका क्रममा लागेको आगलागीले कलंकी मालपोत कार्यालयका धेरै भौतिक फाइल जलेर नष्ट भए पनि अनलाइन अभिलेख भने सुरक्षित रहेको कार्यालयले जनाएको छ। 

आगलागीका कारण सेवा अवरुद्ध हुने आशंका रहेकामा डिजिटल प्रणालीका कारण दैनिक कामकाज प्रभावित नपरेको बताइएकोछ।

कार्यालयका सूचना अधिकारी बिदुर अधिकारीका अनुसार अनलाइन सिस्टममै सबै अभिलेख सुरक्षित रहेका कारण डाटा रिकभरी भइरहेको छ र नियमित सेवा निरन्तर सञ्चालनमा छ।“जग्गाधनी सबै ढुक्क हुनुस्, तपाईंहरूको सबै अभिलेख अनलाइनमै सुरक्षित छन्,” उनले भने।

आगलागीपछि सेवाग्राहीको चाप बढ्दा अर्जेन्ट रूपमा जग्गा बिक्री, किनबेच तथा रोक्का प्रक्रियामा प्राथमिकता दिएर सेवा प्रदान भइरहेको अधिकारीले बताए।उनका अनुसार, “कार्यालय पूर्ण क्षमतामा सञ्चालनमा छ। सेवामा कुनै व्यवधान नहोस् भन्नका लागि टिम ओभरटाइम बसेर काम गरिरहेको छ।”

भीड बढेकाले केही समय थप लाग्ने भए पनि अनलाइन अभिलेख सुरक्षित भएकाले सेवाग्राहीले आत्तिन नपर्ने कार्यालयको भनाइ छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ठूला अपराधीलाई छुट, सानालाई जेल: प्रभु बैंक सीईओ अशोक शेरचन हाजिर जमानतमा
2 महिना अगाडि

काठमाडौँ पुस १२ — बैंकिङ कसुरजस्तो गम्भीर आर्थिक अपराधमा संलग्न रहेको आशंकामा पक्राउ परेका प्र ...

छुटाउनुभयो कि ?

TOP