सुनसरी, मंसिर ११ — सुनसरीको ईनरुवा नगरपालिका–७ चाँदवेलाबाट सशस्त्र प्रहरीले करिब १५३ केजी गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बिहान गरिएको चेकजाँचका क्रममा बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप र को २७ प ८३३१ नम्बरको मोटरसाइकलबाट प्लास्टिकका प्याकेटमा बेरेर राखिएको गाँजा बरामद भएको हो।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट साहेवगंजबाट खटिएको टोलीले दक्षिणतर्फ जाँदै गरेका सवारी साधन जाँच गर्ने क्रममा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। उक्त गाडीहरूलाई अन्य मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरीले १ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा परेका २० वर्षीय आदित्य चौधरी स्कारपियोका चालक रहेको खुलिएको छ भने मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ। चौधरीलाई बरामद गाँजा, स्कारपियो र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया जारी छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया