काठमाडौँ, मंसिर १० – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले त्रिभुवन विश्वविद्यालय (टिइउ) का सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक तथा पदाधिकारीहरूविरुद्ध भ्रष्टाचारको गम्भीर आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरू प्रा.डा. मोतिलाल शर्मा, प्रा.डा. मेघराज पोख्रेल र तत्कालीन सह–परीक्षा नियन्त्रक तथा सह–प्राध्यापक डिल्लीराम प्रसाईले गलत प्रतिवेदन तयार पारेको, परीक्षा परिणाममा मनपरी हेरफेर गरेको, र नपाएको हैसियत पाएको भनी झूटो दाबी गरी आर्थिक तथा पदसम्बन्धी लाभ उठाउन खोजेको ठहर गर्दै मुद्दा दायर गरिएको हो।
आयोगले प्रकाशित गरेको विवरणअनुसार उक्त पदाधिकारीहरूले नियमानुसार नपुग्ने व्यक्तिलाई योग्य ठहर्याउन, परीक्षाको नतिजा प्रभावित पार्न तथा भ्रामक प्रतिवेदन पेश गर्न भूमिका खेलेको प्रमाण फेला परेको छ। परीक्षा प्रशासनजस्तो संवेदनशील क्षेत्रलाई दुरुपयोग गरी व्यक्तिगत हित साध्न खोजिएको आयोगको ठहर छ।
यस प्रकरणमा संलग्न चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीका लागि विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ। आयोगले यस्ता अनियमिततामा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने र शिक्षा क्षेत्रको विश्वसनीयता जोगाउन कडा निगरानी जारी राख्ने बताएको छ।
काठमाडौं, पुस ११ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरी बल नेपालले १० केजी ९६० ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!