काठमाडौँ, मङ्सिर १० – स्वास्थ्य गम्भीर बनेका ८४ वर्षीय वृद्ध सन्तको उद्धारमा बरिष्ठ अधिवक्ता गणेश केसी निर्णायक बने। पशुपति क्षेत्रस्थित निर्मल अखडामा उपचारविहीन अवस्थामा रहेका सन्तका लागि केसीले काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा. शुनिल शर्मासँग निःशुल्क उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे।
केसीको पहलपछि डा. शर्मा एम्बुलेन्ससहित अखडा पुगे। वृद्ध सन्तलाई उद्धार गरी तुरुन्त काठमाडौँ मेडिकल कलेज पुर्याइ प्रारम्भिक परीक्षण र आवश्यक उपचार सुरु गरिएको अस्पतालले जनाएको छ।
करीब ३५ वर्षदेखि पशुपतिनाथ भगवानका लागि माला बुन्दै सेवा गर्दै आएका यी वृद्ध सन्त पछिल्ला दिनमा प्रोस्टेट स्वास्थ्य समस्याले ग्रशीत थिए।आर्थिक अभावमा उपचार गराउन सकेका थिएनन् ।
डा. शर्माले सन्तको सम्पूर्ण उपचार पूर्ण रूपमा निःशुल्क गरिने प्रतिबद्धता जनाएका छन्। उद्धारपछि सन्त अहिले चिकित्सकको निगरानीमा सुरक्षित छन्।
बरिष्ठ अधिवक्ता केसीको सक्रिय पहलले वृद्ध सन्तको जीवन रक्षा सम्भव भएको यो घटनाले सामाजिक उत्तरदायित्व र मानवीय सेवा भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।केसि पशुपति क्षेत्र बिकास कोषका कानुनी सल्लाहकार समेत हुन।
काठमाडौं, पुस १० — पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार उच्चस्तरीय छानबिन आयोगमा उपस्थित भएर आफ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!