प्रधानमन्त्री कार्कीको बालुवाटारमा चारवटै सुरक्षा निकायसँग उच्चस्तरीय बैठक

प्रधानमन्त्री कार्कीको बालुवाटारमा चारवटै सुरक्षा निकायसँग उच्चस्तरीय बैठक

काठमाडौ कार्तिक ७- प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक गर्दै देशको वर्तमान सुरक्षा अवस्था, सम्भावित चुनौतीहरू र आवश्यक कदमबारे विस्तृत छलफल गरेकी छन्। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सुरक्षा प्रमुखहरूले आ–आफ्नो विश्लेषण प्रस्तुत गर्दै राष्ट्रिय सुरक्षा परिदृश्यबारे विस्तृत जानकारी दिएका थिए।

बैठकमा हालको आन्तरिक सुरक्षा चुनौती, सम्भावित आन्तरिक तथा बाह्य खतरा र त्यसबाट बच्ने रणनीतिहरूको समीक्षा गरिएको थियो। प्रधानमन्त्री कार्कीले भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतराहरूलाई समयमै पहिचान गरी प्रभावकारी रुपमा व्यवस्थापन गर्न सुरक्षा निकायहरूलाई स्पष्ट निर्देशन दिइन्।

सुरक्षा प्रमुखहरूले देशभरका संवेदनशील क्षेत्र, सीमा सुरक्षा, आपराधिक गतिविधि तथा आतंकवाद जोखिमको विश्लेषण प्रस्तुत गरेका थिए। यस क्रममा उनले आवश्यक सुरक्षा उपाय, स्रोतको प्रभावकारी प्रयोग र निगरानी प्रणाली सुदृढ पार्ने विषयमा सुझावहरू पनि दिएका थिए।

बैठक करिब दुई घण्टा चलेको थियो र यसले राष्ट्रिय सुरक्षा रणनीति, निर्णय प्रक्रिया र आपत्कालीन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। प्रधानमन्त्रीको सचिवालयले भनेको छ कि यस बैठकले देशको स्थिरता, सुरक्षा सुदृढीकरण र आम नागरिकको सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP