कास्कीको सामुदायिक विद्यालयको भवन निजी बोर्डिङलाई भाडामा दिएर भ्रष्टाचार‌—नौ जनाविरुद्ध मुद्दा

काठमाडौँ ,मङ्सिर ८ — कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको सरकारी भवन र करिब ४ रोपनी जग्गा कानून विपरीत निजी अञ्जुली बोर्डिङ स्कूललाई भाडामा दिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित नौ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विद्यालय व्यवस्थापन समितिले १२ वर्षका लागि भाडामा दिने निर्णय अवैधानिक रूपमा गर्दै अञ्जुली बोर्डिङलाई सम्झौता गरेको र सोही आधारमा १५ लाख २९ हजार ४०८ रुपैयाँ असुल–उपर गरेको पाइएको छ। उक्त रकम सरकारी विद्यालयको नाममा रसिद काटी उठाइएको आयोगले जनाएको छ।

अनुसन्धानले विद्यालयका अध्यक्ष राम विक्रम राणा सहितका सदस्य, वडा अध्यक्ष शाहारा प्रधान तथा समितिका अन्य चार सदस्यले मिलेमतोमा सरकारी सम्पत्ति निजी प्रयोगमा ल्याएको ठहर गरेको छ। निजी विद्यालयका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसीमाथि अवैध लाभ लिएको आरोप लगाइएको छ।

आयोगले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल–उपरको मागसहित मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP