काठमाडौँ ,मङ्सिर ८ — कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको सरकारी भवन र करिब ४ रोपनी जग्गा कानून विपरीत निजी अञ्जुली बोर्डिङ स्कूललाई भाडामा दिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित नौ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विद्यालय व्यवस्थापन समितिले १२ वर्षका लागि भाडामा दिने निर्णय अवैधानिक रूपमा गर्दै अञ्जुली बोर्डिङलाई सम्झौता गरेको र सोही आधारमा १५ लाख २९ हजार ४०८ रुपैयाँ असुल–उपर गरेको पाइएको छ। उक्त रकम सरकारी विद्यालयको नाममा रसिद काटी उठाइएको आयोगले जनाएको छ।
अनुसन्धानले विद्यालयका अध्यक्ष राम विक्रम राणा सहितका सदस्य, वडा अध्यक्ष शाहारा प्रधान तथा समितिका अन्य चार सदस्यले मिलेमतोमा सरकारी सम्पत्ति निजी प्रयोगमा ल्याएको ठहर गरेको छ। निजी विद्यालयका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसीमाथि अवैध लाभ लिएको आरोप लगाइएको छ।
आयोगले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल–उपरको मागसहित मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।
विराटनगर, पुस ९ — विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्ष ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!