उच्च अदालत पाटनमा मुद्दा चाप बढ्यो, दैनिक ४०० सम्म सुनुवाइ

उच्च अदालत पाटनमा मुद्दा चाप बढ्यो, दैनिक ४०० सम्म सुनुवाइ

काठमाडौं,मङ्सिर ८— जेनजी आन्दोलनका कारण केही दिन प्रभावित भएको उच्च अदालत पाटनको काम कारबाही अहिले पूर्ण रूपमा सुचारु भएकोछ। अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार हाल अदालतमा ७३१६ मुद्दा प्रक्रियामा छन्। तीमध्ये ८९२ रिट र ६५२४ पुनरावेदन छन्। तिहारपछि असोज २१ गतेदेखि इजलासहरू नियमित रूपमा चल्न थालेसँगै मुद्दाको सुनुवाइ गति तीव्र बनेको उनले बताइन्।

हितानका अनुसार अदालतले अहिले दैनिक ३५० देखि ४०० मुद्दा सुनुवाइ हुँदै आएको छ। जेनजी आन्दोलनका बेला अत्यावश्यक सेवा निरन्तर चलिएकाले अब काम स्थिर र छिटो गतिमा अघि बढिरहेको बताइन्। मुद्दा दर्ता पछिल्लो समय बढिरहेको र यसले अदालतमा कामको चाप थपिएको पनि उनले उल्लेख गरिन्।

फर्च्यौट प्रक्रियामा भने केही चुनौती देखिएको छ। काठमाडौं जिल्ला अदालतमा मिसिल जलेर नष्ट भएपछि ६०–७० प्रतिशत फर्च्यौट प्रभावित भएको हितानले जानकारी दिइन्। “त्यसले केही मुद्दा स्थानान्तरणमा ढिलाइ गराएको छ, तर बाँकी सबै काम क्रमिक रूपमा अगाडि बढिरहेको छ,” उनले भनिन्।

अदालत शक्तिशाली वा आर्थिक हैसियत हेरेर चल्ने भन्ने धारणा गलत भएको हितानले स्पष्ट पारिन्। “हामीकहाँ मुद्दा बाडफाड गोला प्रथाबाट हुन्छ। कुन मुद्दा कुन न्यायाधीशकहाँ पर्छ भन्ने त्यही दिन थाहा हुन्छ। त्यसैले चलखेलको सम्भावना नै हुँदैन,” उनले भनिन्।

सेवाग्राहीको सन्तुष्टिबारे बोल्दै उनले एक–दुई कर्मचारीको व्यवहार वा कार्यशैलीमा कमजोरी हुनसक्ने स्वीकार गरिन्। तर समग्रमा अदालतले दिने सेवा सहज र व्यवस्थित रहेको उनको दाबी छ। “मुद्दा हारेका व्यक्ति पनि प्रक्रियागत कुरा बुझेर नै फर्किन्छन्,” हितानले भनिन्।

उच्च अदालत पाटनले जेनजी आन्दोलनपछि रोकिएका कामलाई छिटो गतिमा पूरा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा मुद्दा व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडा सम्मानित
2 महिना अगाडि

विराटनगर, पुस ९ — विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्ष ...

छुटाउनुभयो कि ?

TOP