एमाले मधेशले लञ्च गर्यो प्रदेशकै सशक्त डिजिटल प्लेटफर्म cpnumlmadhesh.org

एमाले मधेशले लञ्च गर्यो प्रदेशकै सशक्त डिजिटल प्लेटफर्म cpnumlmadhesh.org

मधेश प्रदेश,मङ्सिर ८ — नेकपा (एमाले) मधेश प्रदेशले सूचना प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउँदै cpnumlmadhesh.org नामक आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। पार्टीका अनुसार यो परियोजना मधेश प्रदेशमा UML को सबैभन्दा ठूलो डिजिटल रूपान्तरण प्रयास हो, जसले पार्टीलाई प्रदेशकै संगठित, पारदर्शी र प्रविधिमैत्री राजनीतिक शक्ति बनाउने लक्ष्य राखेको छ।

नयाँ प्लेटफर्ममार्फत प्रदेश, जिल्ला र स्थानीय तहका गतिविधि, निर्णय, निर्देशन, कागजात र जनप्रतिनिधिका विवरणहरू रियल–टाइम उपलब्ध हुनेछन्। यसमा अनलाइन सदस्यता दर्ता, स्वयंसेवक दर्ता, जनगुनासो प्रणाली र जिल्लागत छुट्टाछुट्टै डिजिटल पेजहरू समेत समावेश छन्।

“एमाले मधेश अब सडक मात्र होइन, डिजिटल नेतृत्वमा पनि अगाडि छ।”मधेस प्रदेश अध्यक्ष चन्डेश्वर मण्डलले पनि विज्ञप्तिमा बताएका छन्, “cpnumlmadhesh.org हाम्रो डिजिटल भविष्यको आधारशिला हो। अब संगठन डेटा, प्रविधि र पारदर्शितामा आधारित भएर जनताको मन जित्नेछ।”

पार्टीले यस वेबसाइटलाई मधेश प्रदेशमा डिजिटल राजनीतिका नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडा सम्मानित
2 महिना अगाडि

विराटनगर, पुस ९ — विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्ष ...

छुटाउनुभयो कि ?

TOP