काठमाडौं, मंसिर ७ — सर्वोच्च अदालतको आदेशपछि व्यवसायी दुर्गा प्रसाईं आइतबार साँझ थुनामुक्त भएका छन्। उनका छोरा निराजन प्रसाईंले गैरकानुनी रूपमा सुतिरहेको अवस्था बाटै पक्राउ गरी हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए।
उक्त निवेदनमाथि आज भएको सुनुवाइमा प्रसाईंका पक्षमा ‘बरिष्ठ अधिवक्ताहरु’ले बहस गरेका थिए। सरकारी पक्षले देखाएको आधार कानुनी रूपमा पर्याप्त नमिलेको ठहर गर्दै सर्वोच्चले उनीमाथि गरिएको नियन्त्रण गैरकानुनी भएको उल्लेख गर्दै तत्काल रिहा गर्न आदेश दिएको अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। समय अभावका कारण आदेशको पूर्णपाठ भने पछि सार्वजनिक हुने बताइएको छ।
थुनामुक्त भएपछि प्रसाईंले सर्वोच्च अदालतप्रति ‘मुरी–मुरी धन्यवाद’ व्यक्त गर्दै अब आन्दोलनको स्वरूप परिवर्तित हुने बताए। शनिबार राति बालुवाटारमा प्रधानमन्त्री तथा गृहमन्त्रीसँग झण्डै दुई घन्टा छलफल भएको जानकारी दिँदै उनले अघिल्लो सरकारले वार्तामा नबोलाए पनि वर्तमान सरकारले छलफलको अवसर दिएकोमा सन्तोष व्यक्त गरे।
प्रसाईंले आफ्ना २७ बुँदे माग सरकारलाई बुझाइसकेका छन्। ती मागहरूबारे सरकारले आवश्यक निर्णय लिएपछि कार्यान्वयनको दिशा हेर्ने बताउँदै उनले घोषणा गरेको आन्दोलन १५ दिनका लागि स्थगित गरेको घोषणा गरे ।
थुनामुक्त भएको क्षणमा बाक्लो संचारकर्मीको उपस्थितिमा उनका समर्थकहरूले ‘दुर्गा प्रसाईं जिन्दाबाद’ नारासमेत लगाएका थिए।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया