बाराको सिमरामा तनाव—अराजकताप्रति प्रधानमन्त्री कार्कीको कडा चेतावनी

बाराको सिमरामा तनाव—अराजकताप्रति प्रधानमन्त्री कार्कीको कडा चेतावनी

काठमाडौं, मंसिर ३ — बाराको सिमरामा आज देखिएको तनाव र हिंसात्मक गतिविधिप्रति प्रधानमन्त्री शुसिला कार्कीले गम्भीर ध्यानाकर्षण गराउँदै अराजकता लोकतान्त्रिक व्यवस्थामा कदापि स्वीकार्य नहुने स्पष्ट गरेकी छन्।

सार्वजनिक सम्पत्तिमा क्षति, विमानस्थलमा अवरोध तथा कानून हातमा लिने घटनाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रताको सम्मान राज्यको प्रतिबद्धता भए पनि त्यसको नाममा अराजक क्रियाकलाप सह्य नहुने बताइन्।

सिमराको स्थितिका बारे गृह प्रशासन र सुरक्षा निकायसँग निरन्तर समन्वय गरिएको उल्लेख गर्दै उनले शान्ति–सुरक्षा कायम राख्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचन वातावरणलाई निष्पक्ष तथा भयमुक्त बनाउन उच्च संयमका साथ काम गर्न निर्देशन दिएकी छन्।

युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रणालीमै समस्याको समाधान सम्भव रहेको जोर दिइन्।

उनले अनावश्यक राजनीतिक उत्तेजनाबाट टाढा रहन तथा लोकतान्त्रिक प्रक्रियाप्रति विश्वास राख्न सबै पक्षलाई अपिल गर्दै तनाव समाधानमा संयमता अपनाउन आग्रह गरेकी छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कर्ण नियुक्त, शुक्रबार पदबहाली
2 महिना अगाडि

काठमाडौँ पुस ४-नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियु ...

छुटाउनुभयो कि ?

TOP