काठमाडौँ मङ्सिर ५ – नेपाल टेलिकमको बिलिङ प्रणालीका लागि गरिएको टेण्डर प्रक्रियामा कर्मचारी मिलेमतो भएको अध्ययन समितिले पुष्टि गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको समितिले टेण्डरका स्पेसिफिकेसनहरू कुनै एक कम्पनीको मोडेललाई मात्र अनुकूल हुनेगरी तयार गरिएको निष्कर्ष पेस गरेको हो।
समितिको प्रतिवेदन अनुसार यस्तो मापदण्डले अन्य कम्पनीका लागि टेण्डर प्रतिकूल बनेको र प्रतिस्पर्धा नै बन्द हुने अवस्था सिर्जना भएको छ। मन्त्रालयस्रोतका अनुसार कागजात र फाइलहरू अध्ययन गर्दा ‘स्पष्ट रूपमा निश्चित कम्पनीलाई लक्षित गरी टेण्डर बनाइएको’ प्रमाणहरू भेटिएका छन्।
समितिले बिहीबार प्रतिवेदन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बुझाएको छ। मन्त्रालय स्रोतले प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
ललितपुर,पुस ५- नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिज ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!