युएईका नेपालीका लागि दूतावास सेवामा नयाँ व्यवस्था लागू

युएईका नेपालीका लागि दूतावास सेवामा नयाँ व्यवस्था लागू

अबुधाबी – युएईमा बसोबास गर्ने नेपालीका लागि अबुधाबीस्थित नेपाली दूतावासले सेवा प्रबाह प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नया वयवस्था लागू गरेको छ। यस परिवर्तनले सेवाहरू अझ छिटो, सजिलो, पारदर्शी र नागरिकमैत्री बनाउने दूतावासले लक्ष्य र अपेक्षा राखेको छ।

राजदूत तेजबहादुर क्षेत्रीका अनुसार, युएईमा रहेका नेपालीहरूले राहदानी, कन्सुलर कागजात प्रमाणीकरण, मागपत्र प्रमाणीकरण र श्रम सम्बन्धि सेवाहरू दुबईबाट थप सहज र निरन्तर पाउन सक्ने छन्। केही महिनाअघि दुबईमा महाबाणिज्यदूतावास स्थापना भई पूर्ण कार्य संचालनमा आएसगै दुबई र उत्तरी इमिरेट्समा बसोबास गर्ने नेपालीहरूले यी सेवा दुबईस्थित महाबाणिज्यदूतावासबाट पनि सहजै प्राप्त गर्न सक्ने भएका छन्।

नयाँ व्यवस्थाअनुसार दुबईस्थित महाबाणिज्यदूतावासमा मागपत्र प्रमाणीकरण, रोजगारदाता कम्पनीको सूचीकरण, वैधानिक तथा पुनः श्रम स्वीकृति, श्रमिक राहत र उद्दार, हराइएका श्रमिकको खोजतलास, मृतक नेपालीको शव व्यवस्थापन, बीमा र क्षतिपूर्ति प्रक्रिया लगायत सम्पूर्ण श्रम र कल्याण सेवाहरू उपलब्ध छन्।

कन्सुलर सेवामा कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरण, यात्रा अनुमतिपत्र, मृतक तथा अन्य प्रकृतिका NOC, नेपालका लागि टुरिस्ट भिसा, पञ्जिकरण र पेन्सन नविकरण लगायत अन्य सेवाहरू पनि उपलब्ध छन्।

अबुधाबी, अल ऐन, अल धाफ्रा र रुवाइस क्षेत्रमा बसोबास गर्ने वा कार्यरत नेपाली सेवाग्राही, सरोकारवाला र कम्पनीहरूले यी सेवाहरू पहिलेझैँ अबुधाबीस्थित नेपाली दूतावासबाटै प्राप्त गर्न सक्ने जानकारी दूतावासले दिएको छ।

राजदूत क्षेत्रीले सबै सेवाग्राहीसँग हार्दिक अनुरोध गर्दै भनेका छन् कि सुधारिएको सेवा प्रणालीमार्फत सेवाहरू अझ सहज, छिटो र नागरिकमैत्री हुने अपेक्षा राखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रास्वपा सभापति रवि लामिछानेः ‘मलाई थुनियो, तर देशलाई दिएको पीडा अझ ठूलो छ’
2 महिना अगाडि

चितवन पुस ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनिएको विषयलाई व् ...

छुटाउनुभयो कि ?

TOP