किर्ते कागज बनाएर त्रिविको जग्गा हडप्ने प्रयास, अख्तियार र सीआईबीलाई अनुसन्धान गर्न सिफारिस

किर्ते कागज बनाएर त्रिविको जग्गा हडप्ने प्रयास, अख्तियार र सीआईबीलाई अनुसन्धान गर्न सिफारिस

काठमाडौं असोज ३०-विभिन्न संघसंस्थाले किर्ते कागजात बनाएर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा आफ्नो नाममा ल्याउने प्रयास गरेको पाइएको छ।

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले गरेको प्रतिवेदनमा यस्तो तथ्य बाहिर आएको हो। समितिका अनुसार केही संघसंस्थाले त्रिविको जग्गा स्वीकृति र सम्झौता बिना नै कब्जा गरेर प्रयोग गरिरहेका छन्।

त्यसमध्ये एक संस्था हो साबिकको ल्याब स्कुल (शिक्षण सिकाइ स्कुल) — हालको लेबोरेटरी माध्यमिक विद्यालय, जसले त्रिविको करिब १०९ रोपनी जग्गा हडपेरेको पाइएको छ।

समितिको भनाइमा, लेबोरेटरी विद्यालयले कुनै स्वीकृति नलिई त्रिविको जग्गा उपभोग गर्दै आएको र सो जग्गा विद्यालयकै नाममा मालपोत कार्यालय, कलङ्कीमा दर्ता गर्न निवेदन दिएको पाइएको छ।

त्रिभुवन विश्वविद्यालयले पटकपटक पत्राचार गरी जग्गा खाली गर्न आग्रह गरे पनि विद्यालयले अटेर गर्दै आएको छ। विद्यालयले उक्त जग्गा त्रिविको स्वामित्वभित्र नपर्ने दाबी गर्दै जग्गा खाली गर्न अस्वीकार गरेको उल्लेख प्रतिवेदनमा गरिएको छ।

खोजबिन समितिले उक्त घटनामा संलग्न शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, विद्यालय व्यवस्थापन समिति लगायतका पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट थप छानबिन गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP