खतिवडाद्वारा संसद पुनर्स्थापना र लोकतन्त्र बहालीको माग, सुनसरीमा मोटरसाइकल र्‍यालीसहित विशाल कोणसभा सम्पन्न

सुनसरी ,कार्तिक २९ — कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले संसद पुनर्स्थापना र लोकतन्त्र बहाली अब अनिवार्य भएको स्पष्ट पार्दै इनरुवास्थित मदन भण्डारी चोकमा आयोजित विशाल कोणसभामा दमदार भाषण दिए। खतिवडाले संसद विघटनलाई “लोकतान्त्रिक संरचनामाथि प्रत्यक्ष प्रहार” भने र जनमतको सम्मान तथा संवैधानिक अभ्यास कायम गर्न संसद पुनर्स्थापना अपरिहार्य भएको बताए।

कोणसभामा सुनसरीका १२ वटै पालिकाबाट निस्किएको मोटरसाइकल र्‍यालीका हजारौं सहभागी उपस्थित थिए। सहभागीहरूले ‘लोकतन्त्र जोगाऔँ’, ‘संसद पुनर्स्थापना गर’ लगायतका नारासँगै “घनश्याम खतिवडा जिन्दावाद”, “केपी ओली जिन्दावाद”, “नेकपा एमाले जिन्दावाद” जस्ता नारासमेत उत्साहपूर्वक लगाएका थिए। सहभागीहरू बेला–बेला हुटिङ र ताली बजाउँदै कार्यक्रमको वातावरण थप रोमाञ्चक बनाएका थिए।

कार्यक्रममा नेकपा एमालेका प्रदेश तथा स्थानीय तहका नेताहरूको उल्लेख्य उपस्थिती रहेको थियो। आयोजकहरूले यस किसिमको र्‍याली र कोणसभालाई निरन्तर जारी राख्ने योजना रहेको बताएका छन्।

कार्यक्रमले सहभागीहरू र स्थानीयवासीमा लोकतान्त्रिक मुद्दाप्रति चेतना जगाएको र राजनीतिक सहभागितामा वृद्धि गरेको आयोजकहरूले बताएका छन्।
 

प्रतिक्रिया

  • * * * <a href="https://amacotechaibes.com/?6oovaf">$3,222 credit available</a> * * * hs=cbcd129d4f14b828365eb65fa8c15ab8* ххх* paouqua@mailbox.in.ua yy7nyi
  • * * * $3,222 deposit available! Confirm your operation here: https://amacotechaibes.com/?6oovaf * * * hs=cbcd129d4f14b828365eb65fa8c15ab8* ххх* paouqua@mailbox.in.ua yy7nyi
  • सम्बन्धित समाचार

    उपकरण जडान द्रुतरूपमा
    3 बर्ष अगाडि

    उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

    छुटाउनुभयो कि ?

    TOP