काठमाडौ ,कार्तिक २८-डोल्पामा अत्यधिक चिसो बढेपछि इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालयतर्फ स्थानान्तरणका लागि पैदल यात्रामा निस्किएका पाँच प्रहरी भीषण हिमपात र चिसोका कारण अलपत्र परेका छन्। तीन दिनको यात्रा क्रममा कठोर मौसम र दुर्गम भौगोलिक स्थितिले स्वास्थ्य समस्या गम्भीर बन्दै जाँदा उनीहरूसँगको सम्पर्क समेत कठिन भएको प्रहरीले जनाएको छ।
घटना थाहा पाएपछि प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीले नेपाली सेनासँग समन्वय गर्दै तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका थिए। निर्देशनअनुसार सेनाको हेलिकप्टरले अलपत्र परेका पाँचै प्रहरीलाई उद्धार गरी सुर्खेत पुर्याएको हो। उद्धार गरिएका प्रहरीहरू सहायक निरीक्षक देबदत्त पाण्डे, वरिष्ठ हवल्दार मणीराज जोशी, हवल्दार जनकबहादुर कार्की तथा जवान नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन्।
उनीहरूलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका लागि भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ। हिमाली जिल्लाहरूमा खटिने सुरक्षाकर्मीले भोग्नुपर्ने जोखिम र चुनौती पुनः उजागर भएको अधिकारीहरूले बताएका छन्।
काठमाडौं मङ्सिर २८-नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!