मतदाता नामावली संकलन अवधि पाँच दिन थपियो

मतदाता नामावली संकलन अवधि पाँच दिन थपियो

काठमाडौँ, कात्तिक २८— निर्वाचन आयोगले मतदाता नामावली संकलनको समयसीमा पाँच दिन थप गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री, गृहमन्त्री र सरोकारवालाबाट आएको सुझाव तथा दर्ताका लागि बढ़्दो चापका कारण समय थपिएको हो।

पहिले तोकिएको ३० कात्तिकसम्मको म्याद सकिँदै गर्दा देशभर नामावली दर्ता गराउनेको भीड उच्च रहेको आयोगले जनाएको छ। ‘दर्ता प्रक्रियामा चाप कायम रहेकाले थप पाँच दिन समय बढाइएको हो,’ आयुक्त भण्डारीले बताए।

म्याद थपसँगै अब ५ मंसिरसम्म नागरिकले मतदाता नामावली दर्ता गराउन सक्नेछन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP