काठमाडौ ,कार्तिक २८-व्यावसायिक भिसा लिएर नेपालमा बसेका चार चिनियाँ नागरिकलाई शंकास्पद तथा भिसा उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै अध्यागमन विभागले शुक्रबार एक महिला र तीन पुरुषलाई काठमाडौंको सोह्रखुट्टे–म्हैपी क्षेत्रबाट नियन्त्रणमा लिएको छ। ठूलो संख्यामा चिनियाँ बस्ने भएकाले ‘चाइनिज हाउजिङ’ भनेर चिनिने उक्त क्षेत्रमा केही समयदेखि असामान्य गतिविधि बढेको सूचनापछि विभागले विशेष निगरानी बढाएको थियो।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीहरूलाई जागिरको प्रलोभनमा पारेर टिकटक भिडियो बनाउने, सामाजिक सञ्जालमार्फत् चिनियाँ व्यक्तिसँग साथी बनाइ विवाह गर्न लगाउनेजस्ता कार्य गराउँदै आएको खुलेको छ। केही युवतीलाई चीनसम्म लगिएको तथ्यसमेत भेटिएको विभागले जनाएको छ।
नेपाललाई केन्द्र बनाएर विभिन्न देशमा नेपाली युवतीहरूको आवतजावत गराउने, म्हैपीमा घर भाडामा लिएर उनीहरूलाई बसाल्ने गतिविधि चलाएको अध्यागमनको निष्कर्ष छ। पक्राउ परेकामध्ये दुई जना १० वर्षदेखि पर्यटन, अध्ययन र व्यवसायिक भिसामा नेपाल बस्दै आएका थिए। जाँचका क्रममा उनीहरूले आफ्नो पासपोर्ट, भिसा देखाउन नसक्नुका साथै अध्यागमन कर्मचारी र सुरक्षाकर्मीप्रति दुर्व्यवहार गरेको विभागले बताएको छ।
अध्यागमन ऐन, २०४९ अनुसार भिसाको उद्देश्य विपरीत कार्य गर्ने विदेशीलाई जाँच गर्ने, नियन्त्रणमा लिने तथा ५० हजार रुपैयाँसम्म जरिवाना र अवधी तोकी/नतोकी देशनिकाला गर्न सकिने कानुनी व्यवस्था छ।
अध्यागमन विभागका प्रबक्ता टीकाराम ढकालका अनुसार
“नेपालमा भिसाको दुरुपयोग गर्दै गैरकानूनी गतिविधि गर्ने कसैलाई पनि बिनासजाय छोडिँदैन। पक्राउ परेकामाथि कानूनअनुसार कडाइकासाथ कारबाही अघि बढाइन्छ।”
काठमाडौं मङ्सिर २८-नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!