काठमाडौं, कार्तिक १३— पछिल्ला दिनयता सक्रिय पश्चिमी वायु प्रणालीसँग भारततर्फको "मोन्था" नामक समुद्री आँधीको आंशिक प्रभाव मिसिँदा देशभर वर्षा र हिमपात तीव्र बनेको छ।
नेपाल मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार "मोन्था" आँधी नेपालमा प्रत्यक्ष प्रवेश नगरे पनि यसको प्रभाव आज (बिहीबार) अपरान्हदेखि पूर्णरूपमा सक्रिय हुने अनुमान गरिएको छ।
उनका अनुसार, मेचीदेखि गण्डकीसम्मका क्षेत्रमा व्यापक वर्षा हुने र ३५ सय मिटरभन्दा माथिका भूभागमा भारी हिमपात हुने सम्भावना छ।
मौसममा देखिएको असामान्य गतिविधिले स्थल तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आज र भोली अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
मौसमविद्हरूले सावधानी अपनाउन र सुरक्षित रहन सबैलाई अनुरोध गरेका छन्।
काठमाडौँ —हङकङको ताई पो जिल्लामा बुधबार राति फैलिएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!