काठमाडौं, कार्तिक १२ – नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले मङ्सिर ७ गते देशव्यापी आन्दोलनको तयारी र स्वरुपबारे मानव अधिकार आयोगलाई जानकारी गराएका छन्। अभियानका प्रवक्ता माधव कल्पितले बुधबार जानकारी दिँदै, आयोगसँगको छलफलमा महत्वपूर्ण कुराकानी भएको बताएका छन्।
मानव अधिकार आयोगको केन्द्रीय कार्यालयमा बुधबार भएको छलफलमा अभियानतर्फ दुर्गा प्रसाईं र माधव कल्पित, आयोगतर्फ अध्यक्ष तप बहादुर मगर, सचिव मुरारी खरेल, प्रवक्ता टीकाराम पोखरेल र अनुसन्धान संयोजक मञ्जु खतिवडा सहभागी थिए।
यसअघि उपत्यकाका तीन जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुरका सिडियो तथा प्रहरी प्रमुखसँग पनि अभियानले छलफल गरेको थियो।
अभियानप्रति सरकारले पनि चासो राख्दै आएको छ। अब देशव्यापी आन्दोलनको तयारीलाई लिएर सबैको ध्यान केन्द्रित भएको छ।
काठमाडौँ —हङकङको ताई पो जिल्लामा बुधबार राति फैलिएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!