काठमाडौं असोज १३- जेन–जी पुस्ताका अगुवा डा. निकोलस भूषालले आठ वर्षभित्र नेपाललाई विश्वकै खुसी मुलुकमा रुपान्तरण गर्ने संकल्प सार्वजनिक गरेका छन्। उनले ‘Vision २०९०’ नामक दीर्घकालीन योजनामार्फत शिक्षा, स्वास्थ्य, न्याय र सुरक्षा जस्ता आधारभूत सेवालाई निःशुल्क बनाउनेदेखि रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।
उनका अनुसार पहिलो वर्षमै सबै नेपालीलाई शिक्षा, स्वास्थ्य, न्याय र सुरक्षामा निःशुल्क पहुँच उपलब्ध गराइनेछ। त्यसपछि तीन वर्षभित्र २१ लाख रोजगारी सिर्जना गर्ने र आयात–निर्यातको सन्तुलन मिलाएर देशलाई आत्मनिर्भर बनाइने उनले दाबी गरेका छन्।
भूषालले पाँच वर्षमा नेपाललाई सामाजिक र आर्थिक दृष्टिले सम्पन्न बनाइने उल्लेख गर्दै भने, “यो केवल लक्ष्य मात्र होइन, संकल्प योजना हो। ८ वर्षभित्र नेपाललाई दुनियाको खुसी देश बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो।”
उनको भनाइअनुसार, युवाशक्ति, प्राविधिक विकास, कृषि–उद्योग विस्तार र पारदर्शी शासन व्यवस्थामार्फत देशलाई समृद्ध बनाउने आधार तयार गर्न सकिनेछ।
भूषालको यो संकल्पलाई जेन–जी आन्दोलनसँग जोडेर हेरिएको छ। उनी विगत केही समयदेखि सामाजिक सञ्जालमार्फत युवाहरूसँग संवाद गर्दै आएका छन्। उनका योजनाहरू व्यवहारिक कार्यान्वयनमा जटिल हुने तर व्यापक रूपले युवामाझ आकर्षण सिर्जना गर्न सक्ने विश्लेषकहरूको धारणा छ।
काठमाडौं,असोज १३ – पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!