बुद्ध एयरलाइन्सको लापर्वाहीः U-4560 विमानको एसी ४ दिनदेखि बिग्रियो, यात्रु आकाशमै अत्याधिक गर्मीमा परे

बुद्ध एयरलाइन्सको लापर्वाहीः U-4560 विमानको एसी ४ दिनदेखि बिग्रियो, यात्रु आकाशमै अत्याधिक गर्मीमा परे

सिमरा, भदौ ८ — बुद्ध एयरलाइन्सको U-4560 नम्बरको सिमरा–काठमाडौं उडानमा यात्रुहरूले आकाशमै अत्याधिक गर्मीको सामना गर्नु परेको छ। चार दिनदेखि विमानको एयर कन्डिसनिङ बिग्रिएको भए पनि कम्पनीले तत्काल मर्मत नगरी यात्रुहरूलाई असुविधामा पारेको पाइएको छ।

यात्रुहरूले विमानबाट ओर्लेपछि उजागर गरेका अनुसार एयरलाइनको लापर्वाही स्पष्ट देखिएको छ। समस्या थाहा पाए पनि कम्पनीले समयमै सुधार नगरी यात्रुहरूको पीडा बढाएको छ।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले भने, “यस्तो लापर्वाही यात्रु सुरक्षासँग खेलबाड हो। कम्पनीले जिम्मेवारी लिनु पर्छ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई पनि जानकारी गराइएको छ।

विशेषज्ञहरूले यस घटनाले बुद्ध एयरलाइन्सको छवि धुमिल भएको र नियमनमा कमजोरी प्रकट भएको बताएका छन्। नियामक निकायले आगामी दिनमा कम्पनीलाई कडा निर्देशन दिन आवश्यक देखिएको छ।

महँगो मुल्यमा उडान भर्ने तर पटकपटक नागरिकमाथि लापर्वाही गर्ने बुद्ध एयरलाइन्सले जीवनमाथि खेलबाड गर्नु खतरनाक रहेको उल्लेख गरिएको छ। यसले कम्पनीले यात्रुहरूको विश्वास तोड्दै आएको दाबीलाई समेत पुष्टि गरेको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

धादिङमा पण्डित दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण
5 महिना अगाडि

काठमाडौ असोज-६ । धादिङ,गंगाजमुना गाउँपालिका–७, बुढाथुमस्थित लोकुवा घरका पण्डित दयाराम रेग्मीले ...

छुटाउनुभयो कि ?

TOP