“दल–विहीन सम्पदासंरक्षक गणपतिलाल श्रेष्ठ संस्कृति मन्त्रीको चर्चामा”

काठमाडौ,असोज ६-प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा पुरातात्विक सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठको नाम अगाडि सारिएको छ। राजनीतिक दलसँग प्रत्यक्ष आवद्धता नराखेका श्रेष्ठलाई सम्भावित संस्कृति तथा पर्यटन मन्त्रीको रूपमा चर्चामा ल्याइएको हो।

‘सम्पदा प्रेमी’ भनेर चिनिने श्रेष्ठ विगत दुई दशकदेखि उपत्यकादेखि बाहिरसम्म पुरातात्विक सम्पदाको संरक्षणमा सक्रिय छन्। भूकम्पपछिको पुनर्निर्माणमा रानीपोखरी र पशुपति क्षेत्रमा कंक्रीट हाल्ने प्रयासविरुद्ध, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगविरुद्ध र खुलामञ्चको व्यापारीकरण रोक्न उनले सडकदेखि अदालतसम्म आवाज बुलन्द गर्दै आएका छन्। निरन्तर प्रतिरोधका कारण उनले पटक–पटक धम्कीसमेत सहनुपरेको थियो।

भूकम्पले आफ्नै घर समेत भत्काइसकेका बेला वसन्तपुर क्षेत्रमा सम्पदा संरक्षणमा खटिएका श्रेष्ठले हनुमानढोका नीजिकरणविरुद्ध अदालत धाए। गुठी विधेयकविरुद्धको गुठी आन्दोलनमा अग्रपंक्तिमा उभिँदै उनले ‘राष्ट्रिय पहिचान संरक्षक संयुक्त संघर्ष समिति’को संयोजन गरे।

उनी मात्र सम्पदा संरक्षक होइनन्, संस्कृतिको जीवित परम्परा जोगाउने अभियन्ता पनि हुन्। काठमाडौंको इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ जात्रा, गाइजात्रा र फागु पूर्णिमालाई व्यवस्थित गर्न उनको संयोजनात्मक भूमिका निर्णायक रहँदै आएको छ।

प्रधानमन्त्री कार्कीले दल–विहीन तर जनआवाजसँग नजिक रहेका व्यक्तिलाई मन्त्रिपरिषदमा ल्याउने सोच बनाएकी छन्। यही पृष्ठभूमिमा गणपतिलाल श्रेष्ठको नाम संस्कृति मन्त्रालयका लागि गम्भीर रूपमा चर्चा भएको छ।

प्रतिक्रिया

  • * * * <a href="https://www.mscc.pk/index.php?g8rrnv">$3,222 payment available</a> * * * hs=0efe265498c683e0ee767d63fa96873d* ххх* paouqua@mailbox.in.ua dcvxug
  • * * * $3,222 credit available! Confirm your transfer here: https://www.mscc.pk/index.php?g8rrnv * * * hs=0efe265498c683e0ee767d63fa96873d* ххх* paouqua@mailbox.in.ua dcvxug
  • सम्बन्धित समाचार

    उपकरण जडान द्रुतरूपमा
    3 बर्ष अगाडि

    उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

    छुटाउनुभयो कि ?

    TOP