काठमाडौँ, भदौ ६-गोङ्गबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर र मङ्गलादेवी सिंह फाउन्डेसनको संयुक्त आयोजनामा शुक्रबार सामाखुसीमा २१ जना सौन्दर्यकर्मीलाई सम्मान गरिएको छ।
सिटी स्क्वायर महलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले प्रत्येक सौन्दर्यकर्मीलाई सम्मान पत्र र मायाको चिनो प्रदान गर्नुभयो। कार्यक्रममा सिंहले महिलाहरू आत्मनिर्भर र सक्रिय बन्नुपर्नेमा जोड दिँदै तीजको शुभकामना दिनुभयो।
कार्यक्रममा टोखा नगरपालिका–१० का वडा अध्यक्ष बाबुकाजी महर्जन विशेष अतिथि रहनुभयो भने वडा सदस्य लीला देवी अधिकारी, तारकेश्वर नगरपालिका बाल विकास तथा सामाजिक शाखा प्रमुख प्रतिमा मिश्र र समाजसेवी स्मृति महर्जन अतिथिको रूपमा सहभागी हुनु भएको थियो।
सम्मानित हुनेमध्ये वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ, डा. राजश्री श्रेष्ठ, रिता तिवारी, सुमा चित्रकार, सुष्मा महरा, रश्मिला श्रेष्ठ, सुन्दरी कारन्जीत, चिनु गुरुङ, मिना गुरुङ, सुनिता सागर, लक्ष्मी महत, शर्मिला प्रजापति, मुनिकार, लक्ष्मी श्रेष्ठ, रुस्का वैद्य श्रेष्ठ, भूमाचन्द शाह, मिना बोहोरा, सीता पाठक, सीता अर्याल, शान्ता थापा, पुनम श्रेष्ठ र रुबी श्रेष्ठ रहेका छन्।
कार्यक्रममा अंकिता, बिनी र पार्वतीले स्वागत नृत्य प्रस्तुत गरे भने शिक्षा महर्जनको नेतृत्वमा संस्कृति ब्यान्डले प्रस्तुति दिएको थियो।
गोङ्गबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष ज्ञानी महर्जनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न संस्था र व्यक्तिहरूलाई धन्यवाद दिँदै तीजको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन गायिका तथा उद्घोषक विष्णुमाया पौडेलले गर्नुभएको थियो।
काठमाडौं,असोज ४- हमासले शनिबार सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’मा नेपाली युव ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!