पोखरा, साउन २२ –यातायात व्यवस्था कार्यालय, कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने नाममा सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय पोखराबाट खटिएको टोलीले पौडेललाई सेवाग्राहीसँग रु. ७,००० (सात हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
प्राप्त उजुरी र प्रारम्भिक सूचनाको आधारमा निगरानीमा राखिएको पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने, लिखित परीक्षा पास गराइदिने र ट्रायलमा समेत सहयोग गर्ने भन्दै सेवाग्राहीसँग रकम माग गरेका थिए।
अनुसन्धानको क्रममा कार्यालय सहयोगी (करार) पौडेलले सवारी चालक अनुमति पत्रको अवधि नपुगी फारम भरी दिने, परीक्षामा पास गराइदिने जस्ता कार्यमा बदनियतपूर्वक संलग्न भई रु. ७,००० घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
यस आधारमा पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो रु. ७,००० कायम गरी सोही ऐन बमोजिम कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियारले यस्ता गतिविधि अविलम्ब बन्द हुनुपर्ने जनाउँदै सरकारी सेवा क्षेत्रमा देखिएको भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहने स्पष्ट पारेको छ।
काठमाडौं भदौ २० – अमेरिकाले अध्यागमन कानुन उल्लंघनको आरोपमा १९ जना नेपालीलाई बिहीबार बेलुका का ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!