टोखा, साउन २१ — टोखा नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृतको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। २९ महिनादेखि टोखा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको सरुवा भएसँगै कमल भट्टराईले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हालेका हुन्।
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, सञ्चारकर्मी र स्थानीयवासी सहभागी थिए।
नगर प्रमुख प्रकाश अधिकारीले बिसिको कार्यकालमा नगरपालिका प्रशासनिक सुधार, पारदर्शिता र सेवा प्रवाहमा सकारात्मक प्रगति भएको बताए।
उपप्रमुख मुरारी तामाङले बिसिको योगदानको मूल्याङ्कन गर्दै सफल कार्यकालको प्रशंसा गरे।
नगर प्रवक्ता बच्चुराज बस्यालले बिसिको कार्यशैलीलाई सुसंस्कृत प्रशासनिक अभ्यासको उदाहरणका रूपमा उल्लेख गरे।
आर्थिक प्रशासन प्रमुख तारा प्रसाद निरौलाले कर्मचारी समन्वय, कार्यक्षमता र सेवा प्रवाहमा बिसिको भूमिका उल्लेख गर्दै नयाँ प्रमुख कमल भट्टराईलाई सहकार्यको प्रतिबद्धता व्यक्त गरे।
वडा नं. ६ का अध्यक्ष, वडा नं. ९ का अध्यक्ष रामहरि तिवारी, वडा सचिव रमिला, समाजसेवी रमेश नापित, स्थानीय जनप्रतिनिधि शान्ता राई र तिलक माध्यमिक विद्यालयका प्रतिनिधिले बिसिको कार्यकालमा देखिएको कार्यशैली, प्रशासनिक नेतृत्व र समन्वयात्मक दृष्टिकोणको प्रशंसा गरे।
नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले स्वागतप्रति आभार व्यक्त गर्दै नगर प्रशासनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता जनाए।
बिदा भएका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले आफ्नो कार्यकालमा प्राप्त सहकार्यप्रति आभार व्यक्त गर्दै भने,
"टोखामा पाएको साथ, विश्वास र सहकार्यको कदर गर्दै यो नगर र जनताप्रति सधैं कृतज्ञ रहनेछु।"
कार्यक्रमको सञ्चालन मधु खनालले गरेका थिए।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया