सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपालको ऐतिहासिक सफलता, दुई स्वर्णसहित चार पदक

सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपालको ऐतिहासिक सफलता, दुई स्वर्णसहित चार पदक

काठमाडौ ।नेपालले ३८औं इस्ताफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पारेको छ। थाइल्यान्डको हात्जाईमा साउन ६ देखि १२ गतेसम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जित्दै कीर्तिमानी प्रदर्शन गरेको हो।

नेपालले मिक्स क्वाड र पुरुष हुप इभेन्टमा स्वर्ण पदक जित्दा पुरुष रेगुमा रजत र पुरुष क्वाडमा कांस्य पदक प्राप्त गर्‍यो। यसैसँगै सेपाकताक्रोमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि बनेको छ।

नेपाली टोलीमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर, सुजन थिङ, सनम पुर्जा मगर, राजन नेपाली र मिजेस लामा सहभागी थिए।

टोलीको व्यवस्थापन नेत्रप्रसाद गुरुङले गरेका थिए भने प्रशिक्षकको भूमिकामा अक्कल बहादुर तामाङ र सहायक प्रशिक्षक टेकबहादुर बुढामगर रहेका थिए। प्रतियोगितामा नेपालबाट नेसिर मास्के आईटिओ को रूपमा र मेघराज तोलाङ्गी इस्ताफ रेफ्रीको रूपमा संलग्न थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भदौ १९ पछि दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने
6 महिना अगाडि

काठमाडौं, भदौ १४ – नेपाल सरकारले दर्ता हुन नआएका अवैध सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरेको ...

छुटाउनुभयो कि ?

TOP