काठमाडौ ।नेपालले ३८औं इस्ताफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पारेको छ। थाइल्यान्डको हात्जाईमा साउन ६ देखि १२ गतेसम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जित्दै कीर्तिमानी प्रदर्शन गरेको हो।
नेपालले मिक्स क्वाड र पुरुष हुप इभेन्टमा स्वर्ण पदक जित्दा पुरुष रेगुमा रजत र पुरुष क्वाडमा कांस्य पदक प्राप्त गर्यो। यसैसँगै सेपाकताक्रोमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि बनेको छ।
नेपाली टोलीमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर, सुजन थिङ, सनम पुर्जा मगर, राजन नेपाली र मिजेस लामा सहभागी थिए।
टोलीको व्यवस्थापन नेत्रप्रसाद गुरुङले गरेका थिए भने प्रशिक्षकको भूमिकामा अक्कल बहादुर तामाङ र सहायक प्रशिक्षक टेकबहादुर बुढामगर रहेका थिए। प्रतियोगितामा नेपालबाट नेसिर मास्के आईटिओ को रूपमा र मेघराज तोलाङ्गी इस्ताफ रेफ्रीको रूपमा संलग्न थिए।
काठमाडौँ, माघ १५ - तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दया ...

प्रतिक्रिया