नापी अधिकृत सुग्रीव यादबसहित परिवारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र

नापी अधिकृत सुग्रीव यादबसहित परिवारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीस्थित नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादबविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।

आयोगले सार्वजनिक पद धारण गरेको २०५३ साल असार १३ गतेदेखि २०८१ साल असार १६ गतेसम्मको जाँच गर्दा यादबले वैध स्रोतबाट कूल रु. ९ करोड ३ लाख ९५ हजार ४४४ रुपैयाँ मात्र आर्जन गरेको देखिएको छ। तर सोही अवधिमा उनले कूल रु. १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।

यस आधारमा रु. ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले सो रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअन्तर्गत कैद, जरिवाना र सम्पत्ति जफत गर्न माग गरेको हो।

आयोगका अनुसार यादबले कार्यालय प्रमुखको जिम्मेवारी दीर्घकालीन रूपमा हाली सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्ने, करोडौँको आर्थिक चलखेल गर्ने, पदीय मर्यादाविपरीतका गतिविधि गर्दै गैरकानूनी सम्पत्ति आर्जन गरेका छन्।

त्यस्तै, स्रोत नखुलेका सम्पत्तिहरु उनले पत्नी गायत्री यादब, छोराहरु सुधान्सु यादब र शुभम यादबका नाममा खरिद गरेको प्रमाणित भएको आयोगले जनाएको छ। आयोगले ती सम्पत्तिहरु समेत जफत गर्ने मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारले सो प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९, साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का प्रावधानअनुसार सजाय मागदाबी गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जेनजी आन्दोलनका युवाले वार्ता टोली घोषणा
5 महिना अगाडि

काठमाडौं, असोज १२-जेनजी आन्दोलनमा संलग्न केही युवा प्रतिनिधिहरूले सरकारसँग वार्ता गर्ने उद्देश्यले व ...

छुटाउनुभयो कि ?

TOP