नीलकमल ह्युमन रिसोर्सको १७औं वार्षिकोत्सवमा एक खुट्टा गुमाएका अन्जन उप्रेतीलाई दुई लाख सहयोगसहित सम्मान

नीलकमल ह्युमन रिसोर्सको १७औं वार्षिकोत्सवमा एक खुट्टा गुमाएका अन्जन उप्रेतीलाई दुई लाख सहयोगसहित सम्मान

काठमाडौं, साउन १६– सिनामंगलस्थित निलकमल ह्युमन रिसोर्स प्रा.लिले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै वैदेशिक रोजगारका क्रममा कुवेतमा एउटा खुट्टा गुमाएका झापा, सुरुङ्गाका २९ वर्षीय अन्जन उप्रेतीलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग सहित सम्मान गरेको छ।

कार्यक्रम काठमाडौँको सिनामंगलस्थित निलकमल कार्यालय परिसरमा सम्पन्न भयो। अन्जन उप्रेतीले कार्यक्रममा निलकमलले सुरुदेखि देखाएको सेवा र हेरचाहको प्रशंसा गर्दै सहयोग पाउँदा खुशी व्यक्त गरे। उनले भने, “मैले एउटा खुट्टा गुमाएँ तर निलकमलको केयरले मलाई हिम्मत र आत्मबल दिएको छ। यो सहयोग मेरो लागि ठूलो सहारा हो।”

नीलकमल ह्युमन रिसोर्सका अध्यक्ष मेघनाथ भुर्तेलले भने, “हामीले समाजमा मानवीय उत्तरदायित्व पूरा गर्नैपर्छ। अन्जन जस्ता पीडितहरूको हामीसँग सदैव साथ हुनेछ। आगामी दिनहरूमा पनि वैदेशिक रोजगारमा गएका नेपालीहरूको हितमा हामी निरन्तर लाग्नेछौं।”

कार्यक्रममा रक्तदान, वृक्षारोपण, वृद्धाश्रमलाई खाद्यान्न तथा फर्निचर सहयोग, मृतक श्रमिकका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा समेत गरिएको थियो।

नीलकमलले गत आर्थिक वर्षमा ८,६७३ जना कामदार विदेश पठाएको छ भने विगत दुई वर्षदेखि लगातार सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको नम्बर–१ स्थानमा रहेको छ।

वार्षिकोत्सवमा उद्योगी, व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछाने पनि उपस्थित थिए। सांसद लामिछानेले निलकमलको सामाजिक योगदानलाई उच्च मूल्यांकन गर्दै भविष्यमा थप सहयोग गर्न सरकारलाई आग्रह गरे।

नीलकमल ह्युमन रिसोर्सको यो १७औं वार्षिकोत्सव सामाजिक उत्तरदायित्व र वैदेशिक रोजगार क्षेत्रमा पारदर्शिता, सेवा र सहानुभूतिको प्रतिवद्धताको उदाहरण बनेको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भदौ १९ पछि दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने
6 महिना अगाडि

काठमाडौं, भदौ १४ – नेपाल सरकारले दर्ता हुन नआएका अवैध सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरेको ...

छुटाउनुभयो कि ?

TOP