सैनिक वार कलेजका अधिकृतहरूको सशस्त्र प्रहरी प्रधान कार्यालय भ्रमण

काठमाडौं, साउन ९ — नेपाली सेनाको सैनिक वार कलेज, नगरकोटमा संचालित ‘सी.सं. ६ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिम’मा सहभागी शिक्षार्थी अधिकृतहरूले मंगलबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हलचोकको औपचारिक भ्रमण गरेका छन्।

भ्रमणको क्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक अधिकारीले शिक्षार्थी अधिकृतहरूलाई सशस्त्र प्रहरीको कार्यदिशा, जिम्मेवारी र समसामयिक सुरक्षासम्बन्धी चुनौतीबारे जानकारी गराउँदै उनीहरूको जिज्ञासाको स्पष्ट जवाफ दिएका थिए।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले प्रस्तुतीकरणमार्फत सशस्त्र प्रहरी बल नेपालको स्थापना पृष्ठभूमि, सांगठानिक संरचना, परिचालन क्षेत्र, शान्ति तथा द्वन्द्वकालीन भूमिका, सीमा सुरक्षा, विपद् व्यवस्थापन, समसामयिक चुनौतीहरू तथा नेपाली सेनासँगको समन्वय र सहकार्यका सम्भावनाहरूबारे बृहत् जानकारी दिएका थिए।

प्रशिक्षक महासेनानी शिखर जंग बहादुर राणाको नेतृत्वमा आएको टोलीले सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा प्रयोग गर्दै आएको विभिन्न उपकरण तथा प्रविधिको अवलोकनसमेत गरेको थियो।

सैनिक र अर्धसैनिक बलबीचको आपसी समन्वय, सहयोग तथा समझदारी अभिवृद्धिमा यस प्रकारका तालिम र भ्रमणहरू महत्वपूर्ण हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP