काठमाडौं – अनुचित लेनदेन (मिटरब्याज) प्रकरणमा शारीरिक सुगठनका खेलाडीसमेत रहेका कविराज कटुवाल पक्राउ परेका छन्। मकवानपुर प्रहरीको सहयोगमा हेटौँडाबाट पक्राउ गरिएका कटुवाललाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
ललितपुर प्रहरी परिसरका प्रमुख एसपी चक्रराज जोशीका अनुसार कटुवालले पीडित व्यवसायीलाई दुई वर्षअघि १ करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए। तर, सोही अवधिमा विभिन्न बैंक खातामार्फत ४ करोड ८६ लाख रुपैयाँ फिर्ता गरिसक्दा पनि धम्की दिँदै थप रकम असुल गर्ने क्रममा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पीडित कपडा तथा स्पोर्ट्स सामग्री आयात गरेर बिक्री गर्ने व्यवसायमा संलग्न थिए। ऋण बुझिसक्दा पनि कटुवालले धम्क्याउँदै रकम असुल्न खोजेपछि व्यावसायी प्रहरीमा पुगेका हुन्।
साउन २२ गते कटुवालले ललितपुरको लबिङ मलको पार्किङबाट बा२०च ५२० नम्बरको क्रेटा कार कब्जा गरेका थिए। कारभित्र रहेको पाँच लाख रुपैयाँको चेकसमेत लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हालसम्म पीडितलाई उक्त कार फिर्ता भएको छैन।
धर्म श्रीजस्ता प्रतियोगितामा भाग लिएका कटुवालले खेलाडीको परिचय आड बनाएर उच्च प्रहरी अधिकारीदेखि राजनीतिक दलका शीर्ष नेतासम्म प्रभावमा पार्ने गरेको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धान अधिकारीका अनुसार, ‘‘पाखुरा देखाएर व्यवसायीलाई तर्साउने काम खेलाडीको मर्यादासँग मेल खाँदैन, यो गुन्डागर्दी शैली हो,’’ भनेका छन्।
प्रहरीले कटुवालविरुद्ध मिटरब्याजसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया