काठमाडौं – राजधानीको कालिमाटी तरकारी बजारमा हुने विषादी चेकजाँचलाई उपभोक्ताले ‘नाटक’ संज्ञा दिँदै आलोचना गरिरहेका छन्। तर अचम्मको कुरा के छ भने, देशभरका अन्य ठूला–साना तरकारी बजारमा त यस्तो परीक्षणको नामोनिसानै छैन।
कालिमाटीमा करिब ३०० wholesale पसलमार्फत दैनिक सयौं क्विन्टल तरकारी उपभोक्तासम्म पुग्छ। त्यहाँ पनि दैनिक ८–१० प्रकारका तरकारी मात्रै परीक्षण हुन्छन्, त्यो पनि बिक्री सुरु भइसकेपछि। नतिजा सार्वजनिक हुँदासम्म उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी पुगिसकेको हुन्छ।
तर अन्य बजार – जस्तै बल्खु, कोटेश्वर, बानेश्वर, कीर्तिपुर, ललितपुर, भक्तपुर, धरान, पोखरा, चितवनजस्ता ठूला बजारमा त परीक्षण प्रणाली नै छैन। जसका कारण उपभोक्ताको जीवनसँग खुलेआम खेलवाड भइरहेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्तो अवस्था ‘सामूहिक हत्या’ सरह हो। “तरकारीमा हुने अत्यधिक विषादी दीर्घकालमा क्यान्सर, मिर्गौला, कलेजो, स्नायु प्रणालीसम्बन्धी गम्भीर रोग निम्त्याउँछ। तर राज्य मौन छ,” विज्ञहरूको आरोप छ।
उपभोक्ताले यसलाई मात्र सरकारी कमजोरी नभई, नियामक निकाय र व्यापारीबीचको ‘सेटिङ धन्दा’ ठहर गरेका छन्। “संबंधित निकाय मौन मात्र होइन, सेटिङ गरेर भ्याइ नभ्याइ कमाउने धन्दामा छन्,” उपभोक्ताहरूको आरोप छ।
नियमित चेकजाँच र पारदर्शी व्यवस्था नहुँदासम्म विषादीयुक्त तरकारी भान्साबाट पेटमा जाने क्रम रोकिँदैन भन्ने उपभोक्ताको चेतावनी छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया