काठमाडौं भदौ ३ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत नियन्त्रणका लागि थप कडाइ गर्न निर्देशन दिनुभएको छ। मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरलाई निर्देशन दिँदै उहाँले चेन अफ कमाण्डलाई कडाइका साथ पालना गर्दै जवाफदेही र जिम्मेवार भएर काम गर्न आदेश दिनुभयो।
महानिरीक्षक अर्यालले अवैध तस्करी नियन्त्रणका लागि मुख्यालयले पनि सूक्ष्म निगरानी गरिरहेको र कमजोरी देखिएमा वा शंका लाग्नासाथ सम्बन्धित कमाण्डर छानबिन र कारबाहीको भागीदार बन्ने स्पष्ट पार्नुभयो। उहाँले मुलुक, जनता र संगठनको हितमा विवेकपूर्ण निर्णय लिन कमाण्डरलाई स्वतन्त्र रहेको उल्लेख गर्दै असल कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्न नपर्ने बताउनुभयो।
सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई आचरणबारे नियमित काउन्सिलिङ गर्नुपर्ने र आचरण विपरीत कार्य गर्ने माथि कठोर कारबाही गर्नुपर्ने निर्देशन समेत उहाँले दिनुभयो। साथै, शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा विशेष निगरानी गरी सीमा व्यवस्थित गर्न चनाखो बन्नुपर्नेमा जोड दिनुभयो।
सोही कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगरले सीमासम्बन्धी अपराध नियन्त्रणमा सरोकारवाला निकाय तथा स्थानीयवासीसँगको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले सीमा अभिलेखिकरण र सम्बन्धित जानकारीमा सबै तहका कमाण्डर दक्ष हुनुपर्ने र हरेक युनिटको सफलता संगठन र मुलुकको हितसँग जोडिने भएकाले थप संवेदनशील हुन आग्रह गर्नुभयो।
कार्यक्रममा सीमासँग जोडिएका बाहिनी प्रमुखहरूले हाल भइरहेको कार्य, चुनौती र भावी योजनाबारे प्रस्तुति दिएका थिए भने गण, गुल्म तथा बीओपी कमाण्डरहरूले पनि वर्तमान अवस्था र रणनीतिक योजनाको बारेमा जानकारी प्रस्तुत गरेका थिए।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया