काठमाडौ भदौ २-पशुपति क्षेत्र हंसमण्डपमा अहिले श्रीपशुपति मनोकामना पूर्ति तथा संकट मोचन महायज्ञ अन्तर्गत अन्तर्राष्ट्रिय श्रीमद्भागवत कथा वाचिका देबि प्रतिभाले कथा बाचन गरिरहेकी छन्। मानव सेवा फाउन्डेसन नेपालका अनुसार, देबि प्रतिभाको कथा भदौ ३ गतेसम्म सञ्चालन हुनेछ।
कथा सुरु भएदेखि नै लाखौं भक्तजन उपस्थित भएका छन्। भक्तजनमध्ये राजनीतिकर्मी, कलाकार, समाजसेवी तथा दाताहरूको बाक्लो उपस्थिति देखिएको छ। देबि प्रतिभाले इच्छुक भक्तजनलाई भदौ ३ गतेभित्र महायज्ञमा उपस्थित भई कथा सुन्न आग्रह गरेकी छन्।
महायज्ञका संकल्पकर्ता बिजय कृष्ण मुर्ति महाराजले भक्तजनलाई धन्यवाद ज्ञापन गर्दै भदौ ४ गतेदेखि राधिका दासीद्वारा कथा सुरु हुने जानकारी दिएका छन्। महायज्ञको समापन भदौ २१ गते हुने जनाइएको छ।
काठमाडौं भदौ २७-पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा आयोजि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!